स्वीट्जरल्याण्डसँग हार्दै साविक विजेता इटली बाहिरियो
- असार १६, २०८१
- 0
इटाली युरोको अन्तिम १६ बाट विदा भएको छ ।
गएराति भएको खेलमा स्वीट्जरल्याण्डसँग २–० गोल अन्तरले पराजित भएको इटाली प्रतियोगिताबाट बाहिर भएको हो ।
जर्मनीमा जारी प्रतियोगितामा स्वीट्जरल्यान्डको जितमा रेमो फ्रेउलर र रुबेन भारगासले गोल गरे ।
खेलमा ३७औँ मिनेटमा रेमो फ्रेउलरले गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको सुरुवातमा नै रुबेन भारगासले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










