नेपाल र यमनबीचको खेल २–२ को बराबरीमा

news-details

नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपाल यमनसँग २–२ को बराबरीमा रोकिएको छ ।

साउदी अरबस्थित प्रिन्स मोहमद बिन फहद स्टेडियममा गएराति सम्पन्न खेलमा नेपाल र यमनले २–२ को बराबरी खेलेका हुन् ।

नेपालका लागि सञ्जीव विष्ट र जिलेस्पीजंग कार्कीले एक–एक गोल गरेका थिए ।

त्यस्तै, यमनका लागि नासिर अल गहवाशी र मोह अद अब्दुल्लाह अल दाहिले एक–एक गोल गरेका थिए ।

साथै यो खेलमा नेपालका गोलकिपर किरण लिम्बुले आफ्नो सयौं खेल खेलेका छन् । उनी नेपालका लागि सर्वाधिक अन्तराष्ट्रिय खेल खेल्ने खेलाडी पनि हुन् ।

समूह ‘एच’मा रहेको नेपालले यो बराबरीसँगै २०२६ को विश्वकप छनौटमा एक अंक हासिल गर्दै समाप्त गरेको छ । नेपालले ६ खेलमा ५ हार र एक बराबरी खेलेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया