नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द
- जेष्ठ ३०, २०८१
- 0
वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत बुधबार अमेरिकोका फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि खेल हुने तालिका रहेकोमा वर्षाका कारण रद्द भएको हो ।
खेल रद्द भएसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । खेल रद्द भएपछि दुवै टोलीलाई अर्को चरणमा जान कठिन पर्ने देखिएको छ । समूह चरणका खेलमा यसअघि नेपालले नेदरल्याण्डसँग ६ विकेटले पराजय बेहोरेको थियो भने श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र दोश्रो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।
अब नेपालले समूह चरणअन्तर्गत वेस्टइन्डिजमा दुई खेल खेल्नेछ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बंगलादेशसँग खेल्नेछ । वेस्टइन्डिजमा हुने खेलमा नेपाली टोलीमा सन्दीप लामिछाने समेत सामेल हुनेछन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










