नेपाल ए र आयरल्याण्डबीचको अन्तिम खेल आज
- चैत्र २५, २०८०
- 0
काठमाडौंमा जारी एक दिवसीय क्रिकेटमा आज नेपाल ‘ए’ र आयरल्याण्ड एबीच अन्तिम खेल हुँदै छ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ ।
यसअघि भएका दुई खेलमा नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले आयरल्याण्डसँग पराजित भएको थियो । दुवै खेलमा नेपाल अल आउट भएको थियो ।
१५८ रनको लक्ष्य पछ्याएको नेपाल पहिलो खेलमा १३६ रनमा अल आउट हुँदा १७५ रनको लक्ष्य पछ्याएको दोस्रो खेलमा नेपाल ६० रनमै समेटिएको थियो ।
आज आयरल्याण्ड दिवसीय क्रिकेटको अन्तिम खेल पनि क्लिन स्विप गर्ने लक्ष्यका साथ मैदान प्रवेश गर्दा नेपाल भने सान्वता जितको खोजिमा हुनेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










