त्रिकोणात्मक टी–२० शृंखला : नेपाल २७ रनले विजयी
- चैत्र २०, २०८०
- 0
भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हासिल गरेको छ ।
नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालन सफल भएको हो ।
नेपालले दिएको एक ५७ रनको लक्ष्य पछाएको बरोडा २० ओभरमा अल आउट हुँदै एक सय २९ रन मात्र बनाउन सक्यो ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९–९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले अविजित ४० तथा दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।
बरोडाका बलर बाबा खानले २ विकेट तथा परीक्षित पाटीदार र मोहित मोंगीयाले एक एक विकेट लिएका थिए ।
नेपालको यो लगातार दोस्रो जित हो । यस अघि नेपालले गुजरात क्रिकेट एसोसियसनलाई पराजित गरेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










