दोस्रो खेलमा पनि नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’सँग पराजित, एक खेल अगावै सिरिज आयरल्याण्डलाई

news-details

नेपाल ए आयरल्यान्ड एसँग ४० रनले पराजित भएको छ ।

टियु क्रिकेट मैदानमा टी–२० शृंखलाको दोस्रो खेलमा नेपाल ए पुनः पराजित भएको हो ।  योसँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ ।

दुई सय २५ रनको विजय लक्ष्य पछ्याएको नेपाल ए १७.५ ओभरमा अलआउट हुँदै १८४ रनमात्र बनाउन सक्यो।

नेपालका लागि देव खनालले सर्वाधिक ४७ रन बनाए । त्यस्तै लोकेश बमले २५ र कप्तान विदोन भण्डारीले २६ रन बनाए । त्यस्तै बासिर अहमदले २७, आरिफ शेखले १४, पवन सराफले १० र कमल ऐरी ११ रन बनाए।

यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर २२४ रन बनाएको थियो ।

आयरल्यान्डका लागि निल रकले सर्वाधिक ७१ रन बनाए । त्यस्तै पिटर मुरले ६५ रन, जेम्स मोकुलमले २६ रनको योगदान दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया