नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको पहिलो टी-२० खेल आज
- चैत्र १५, २०८०
- 0
नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड ‘ए’विरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ ।
टियु मैदानमा हुने यो खेल अपराहन्न एक बजेदेखि सुरु हुँदैछ ।
नेपाल ‘ए’ ले मार्च २८ , २९ र ३१ मा आयरल्यान्ड ‘ए’सँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।
त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्यान्ड ‘ए’ सँग दुई टी-२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो ।
टी-२० सिरिज खेल्ने नेपाली ए टिम :
विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










