नेपालसँग आयरल्यान्ड ‘ए’ ६ विकेटले पराजित
- चैत्र १२, २०८०
- 0
पहिलो टी–२० अभ्यास खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ ।
टियू क्रिकेट मैदानमा एक सय २२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर एक बलमा मात्र चार विकेट गुमाएर पुरा गर्यो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३८ रनकोे योगदान दिए । त्यस्तै, सन्दीप जोराले ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रन बनाए ।
आयरल्यान्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एकरएक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।
आयरल्यान्डका ओपनर स्टेफन डोहेनीलेसर्वाधिक ४६ रन बनाए । नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले दुर्ई÷दुई तथा करण केसी र कुशल मल्लले एक÷एक विकेट लिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










