टी–२० क्रिकेट : नामिबियाविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल
- फाल्गुन १८, २०८०
- 0
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नामिबियासँग खेल्दै छ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलत जारी सिरिजमा नेपाल लगातार दुई खेलमा पराजित भएको छ ।
नामिबिया र नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल फाइनल खेल्ने सम्भावना कायमै राख्न आज नामिबियालाई पराजित गर्नु पर्ने छ । नेपाल र नामिबियाबीचको खेल विहान साढे ११ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरुहुने छ ।
नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पाजित भएको थियो भने नेदरल्याण्ड्ससँग २ रनले स्तब्ध भएको थियो । आज यदि नेपाल पराजित भएमा फाइनल खेल्ने सम्भावना सकिने छ । तर, आज जित निकालेमा शनिबार नेदरल्याण्ड्सविरुद्ध पनि जितकै प्रतिक्षा हुने छ ।
जारी सिरिजको समूह चरणको अन्तिम खेलमा भने आइतबार नेदरल्याण्ड्स र नामिबिया दोस्रो पटक भिड्ने छन् । फाइनल खेल मंगलबार हुने छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










