नेदरल्याण्ड्समाथि नेपाल ९ विकेटले विजयी, अनिल र आसिफको अर्धसतक
- फाल्गुन ५, २०८०
- 0
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि नेपाल ९ विकेटको जित निकालेको छ ।
टीयू क्रिकेट मैदानमा नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।
नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिलले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स ३९ ओभरमा १३७ रनमा समेटिएको थियो ।
नेदरल्यान्डका कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३, साइब्रान्ड एंगलब्रेक्ट २३, म्याक्स ओ’डाउड १०, बास डे लिड २७, नोआह क्रोस १२, आर्यन दत्त र माइकल लेभिट शून्य रनमा आउट भएका थिए ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४, ललिल राजवंशीले २, सोमपाल कामी र कप्तान रोहित पौडेलले एकएक विकेट लिएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










