नेदरल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल, दिपेन्द्रको ‘कमब्याक’
- फाल्गुन ५, २०८०
- 0
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले टस जितेको छ ।
टीयू क्रिकेट मैदानमा नेपाल कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो । नेपाली टोलीले आजको खेलमा दुई परिवर्तन गरेको छ । नेपालको टोलीमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी फर्किएका छन् ।
आइएल टी–२० खेल्न गएका दीपेन्दले क्यानडाविरुद्धको सिरिज र नामिबियाविरुद्धको पहिलो खेल गुमाएका थिए । त्यस्तै देव खनाललाई पनि मौका दिइएको छ ।
यस्तो छ नेपालको प्लेइङ ११ :
रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










