यू-१९ विश्वकपमा आज नेपाल र न्युजिल्याण्ड भिड्दै
- माघ ७, २०८०
- 0
आईसीसी अण्डर नाइन्टीन विश्वकप क्रिकेटमा आज नेपालले न्युजिल्याण्डसँग खेल्दैछ ।
दक्षिण अफ्रिकाको इस्ट लण्डन शहरमा नेपाली समय अनुसार आज दिउँसो पौने दुई बजे यो खेल सुरु हुनेछ । नेपालको समुह ‘डि’ मा न्युजिल्याण्डसँगै अफगानिस्तान र पाकिस्तान रहेका छन् । १९ वर्ष मुनिको विश्वकप क्रिकेटको यो १५ औं संस्करण हो ।
यसपटक प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह चरणको खेलको समाप्तिपछि प्रत्येक समूहको माथिल्लो स्थानमा रहने तीन–तीन टोली ‘सुपर सिक्स’ मा प्रवेश गर्नेछन् । ‘सुपर सिक्स’ चरणमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।
प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ११ तारिखमा हुनेछ । भारत यो प्रतियोगिताको साविक विजेता राष्ट्र हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










