यू–१९ एकदिवसीय विश्वकप क्रिकेट आजदेखि शुरु, नेपालको पहिलो खेल आइतबार
- माघ ५, २०८०
- 0
यू–१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता शुक्रबार शुरु हुँदैछ। दक्षिण अफ्रिकामा हुने प्रतियोगिताको पहिलो खेलमा आयरल्याण्ड र अमेरिकाको टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह ए का यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे ब्लोएमफोन्टेनमा हुनेछ। यही समयमा हुने अर्को खेलमा दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीच प्रतिस्पर्धा हुनेछ। पोट्चेफस्ट्रोममा हुने खेलमा समूह बी का दक्षिण अफ्रिका र वेस्ट इण्डिज भिड्न लागेका हुन्।
समूह डी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा आइतबार दिउँसो १ बजे न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले प्रतियोगिता अघि भएका वार्मअप खेलमा राम्रो प्रदर्शन गरेको थियो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










