क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक, झन्डै तीन दर्जन शृंखला खेलाइने
- पुस १९, २०८०
- 0
नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै आफ्नो २०२४ को राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिकामा नेपालको पुरुष तथा महिला टोली, ‘ए’ टिम तथा उमेर समूहका खेलाडीले विभिन्न प्रतियोगिता रहेको छ । क्यानले ए टिम पहिलो पटक घोषणा गर्न लागेको हो ।
क्यानले यो वर्ष राष्ट्रिय टोलीको पुरुष र महिला तथा यू–१९ टोलीले झन्डै तीन दर्जन शृंखला खेल्ने जनाएको छ । नेपालले फेब्रुअरी १० देखि १४ सम्म क्यानडासँग तीन खेलको ओडीआई सिरिज खेल्ने तालिका छ ।
२७ फेब्रुअरी ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच त्रिवि मैदानमा त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ । १९ मार्च देखी ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’ सँग ५ एकदिवसीय र तीन टी–२० खेल खेल्ने तालिकामा उल्लखे छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










