सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ
- पुस ११, २०८०
- 0
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । गत आइतबार हेर्दाहेर्दैमा राखिएको मुद्दामा सुनुवाईका लागि पेसी तोकिएको छ ।
गत आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइ सुरु भएपछि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले आज उक्त मुद्दाको छिनोफनो न्यायाधीश ढकालकै टेवलमा हुनेछ ।
आइतबार किशोरीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीले बहस गरेका थिए । बहस गर्ने वकिलहरु धेरै भएकाले आज पनि अन्तिम फैसला आउने सम्भावना भने न्यून छ ।
सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नु पर्नेछ । मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्षभन्दा कम उमेरकी किशोरीसँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने उल्लेख छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










