यू–१९ एसिया कप : नेपालद्वारा भारतसामु ५३ रनको झिनो लक्ष्य प्रस्तुत
- मंसिर २६, २०८०
- 0
दुबईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालद्वारा भारतसामु ५३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको प्रर्दशन सुरुआतबाटै खराव रह्यो । नेपाल २२ ओभर १ बलमा सबै विकेट गुमाएर ५२ रनमै समेटियो ।
नेपाललाई अलआउट गर्न भारका लागि राज लिम्बानिले ७ विकेटको उत्कृष्ट प्रर्दशन गरे । यस्तै,आराध्य शुक्लाले दुई तथा अस्विन कुलकर्नीले एक विकेट लिए ।
खराव सुरुआत गरेको नेपालका लागि हेमन्त धामिले सर्वाधिक ८ रन, दिपक बोहरा र अर्जुन कुमालले समान ७ रन बनाए ।
नेपाल यसअघि पाकिस्तानसँग सात विकेट र अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










