विश्वकप क्रिकेटको फाइनल खेल आज, उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै
- मंसिर ३, २०८०
- 0
भारतमा जारी आइसिसी एकदिवसिय विश्वकप क्रिकेटको फाइनल खेल आज आइतबार हुँदैछ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने फाइनल खेल दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ ।
उपाधिका लागि आयोजक भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्लेस सहभागि हुने गुजरात राज्य सरकारले जनाएको छ ।
सन् १९७५ बाट सुरु भएको एक दिवसीय विश्वकप क्रिकेटको हालसम्म भएका १२ वटा शृङ्खलामा अष्ट्रेलियाले पाँच पटक उपाधि जित्दा भारत र वेष्ट इन्डिजले समान २-२ पटक उपाधि जितेका छन् । यसैगरी इङ्ल्याण्ड, श्रीलंका र पाकिस्तानले समान एक-एक पटक उपाधि जितेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










