विश्वकप क्रिकेटः सेमिफाइनलमा भारत र न्यूजील्याण्ड तथा दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्ने

news-details

भारतमा जारी १३औं संस्करणको आइसीसी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ । भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाले अन्तिम चारका लागि स्थान पक्का गर्दा चौथो स्थानमा न्युजिल्याण्डले स्थान बनाएको छ ।

यसअघि नै न्यूजिल्याण्ड अन्तिम चार नजिक पुगे पनि पाकिस्तान इंग्ल्याण्डसग पराजित हुँदा मात्रै न्यूजिल्याण्डको स्थान पक्का भएको हो । हिजो पाकिस्तान इंग्ल्याण्डसग ९३ रनले पराजित हुँदा पाँचौ स्थानमा सिमित बन्यो । यो सँगै भारत शीर्ष स्थानका साथ सेमिफाइनलमा प्रवेश गर्दा दक्षिण अफ्रिका दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा रहँदा न्यूजिल्याण्ड चौथो स्थानमा रहँदै सेमिफाइनल खेल्ने छन् ।

अब सेमिफाइनलमा शीर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्यूजील्याण्डको प्रतिस्पर्धा हुने छ । दुवैबीचको सेमिफाइनल खेल आगामी बुधबार मुम्बईस्थित वान्खडे स्टेडियममा हुनेछ ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा बिहीबार हुने छ । दुवै खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे हुनेछन् । फाइनल अर्को आइतबार हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया