उपाधिका लागि नेपाल र ओमानबीचको खेल आज हुँदै
- कार्तिक १९, २०८०
- 0
नेपालले आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
सेमिफाइनलमा नेपालले युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएर दुवै टोली विश्वकपमा पुगेका थिए ।
ओमानसँग समूह चरणको खेलमा पाँच रनको पराजय भोगेको नेपालले शुक्रबार युएईलाई ८ विकेटले हराउँदै विश्वकप यात्रा सुरक्षित गरेको थियो । नेपाली टोलीको मनोबल उच्च छ ।
आज घरेलु मैदान र दर्शकको साथले नेपाल झनै बलियो बन्नेछ । ओमानले पनि जारी खेलमा राम्रो प्रदर्शन गरेको छ । यी दुई टोलीबीचको खेल आज निकै रोचक हुने देखिन्छ ।
नेपाली टोलीका युएईविरुद्ध मैदान आएका दीपेन्द्रसिंह ऐरीले भने फाइनल खेल चोटका कारण खेल्ने छैनन् ।
नेपालको रोहित पौडेल र ओमानको जिशान मकसुदले आइतबारको खेलको कप्तानी गर्नेछन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










