टी–२० विश्वकप फाइनल एसिया छनोट सुरु, नेपालले टस हारेर बलिङ गर्दै
- कार्तिक १३, २०८०
- 0
टी–२० विश्वकप फाइनल एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले बलिङ गर्ने भएको छ ।
समुह चरणको ए मा रहेका नेपाल र सिंगापुरबिचको खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले फिल्डिङ गरिरहेको छ ।
एसिया छनोटमा एसियाका आठ देश सहभागी खेलमा चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट विजेता दुई टोली सेमिफाइनल पुग्नेछन् ।
नेपाली टोलीमा आज सन्दीप लामिछानेले मैदान प्रवेश गरेका छन् । त्रिकोणात्मक सिरिज नखेलेका उनले फाइनल खेलमा भने सहभागी भएका हुन् ।
क्यानले खेलाडी परिवर्तन गर्दै नेपाली टोलीमा ललित राजवंशीको स्थानमा सन्दीप आएका हुन् । अरु खेलाडी भने परिवर्तन भएको छैनन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










