यू १९ प्रिमियर कप : नेपाल सेमिफाइनलमा प्रवेश
- कार्तिक २, २०८०
- 0
मलेसियामा जारी एसीसी यू१९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको साउदीअरबविरुद्धको खेलमा ३०१ रनको विशाल जित निकालेको नेपालले समूह चरणमा तीनवटै खेलमा सहजसहित सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
ब्याटिङमा ओपनर अर्जुन कुमालले १४२ रनको किर्तिमानी इनिङ खेले भने बलिङमा दीपेश कँडेलले फेरि एकपटक ५ विकेटको सफलता पाए ।
नेपालले टस हारेर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३४७ रनको विशाल स्कोर खडा गरेको थियो । जवाफमा साउदी अरब ४६ बलमै अलआउट भयो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










