साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

news-details

भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल भारतको बेंग्लोरस्थित कान्तिराव स्टेडियममा नेपाली समयअनुसार अपराह्न ३ः४५ बजेदेखि सुरु हुनेछ ।

यसअघिका दुवै खेलमा हार बेहोरेको नेपाल पहिलो जितको खोजीमा रहनेछ। समूह ‘ए’अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल कुवेतसँ  ३–१ गोलले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भारतसँग २–० गोले पराजित हुँदै नेपाल एक खेल अघि नै बाहिरिएको थियो ।

पाकिस्तान पनि भारत र कुवेत दुवैसँग समान ४–० गोलको हार बेहोरेर प्रतियोगिको सेमिफाइनलबाट बाहिरिसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया