सन्दीप र दीपेन्द्र ग्लोबल टी–२० लिगमा छनोट
- जेष्ठ ३१, २०८०
- 0
नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर सन्दीप लामिछाने र मध्य क्रमका ब्याटिङ अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ग्लोबल टी-२० क्यानडा खेल्ने भएका छन् ।
मङ्गलवार ग्लोबल टी२० ले सार्वजनिक गरेको सबै टिमका खेलाडीहरूको नाममा सन्दीपले सुर्रे जागुराज र दीपेन्द्रले मोन्ट्रेल टाइगर्सबाट खेल्ने पक्का गरेको हो ।
जुलाई २० देखि ६ अगस्टसम्म आयोजना हुने प्रतियोगितामा ब्राम्प्टन वुल्भ्स, भानकोउभर नाइट्स, टोरोन्टो नेस्नल्स, विनिपेग हावक्स, मोनट्रेल टाइगर्स, सुर्रे जागुसाजगरी ६ टिमको सहभागिता रहेको छ ।
सन्दीप र दीपेन्द्र यतिबेला विश्वकप छनोटका लागि जिम्बावेमा रहेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










