म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

news-details

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोल अन्तरले हराउँदै सिटीले पहिलो पटक उपाधि जितेको हो ।

सिटीलाई जित दिलाउन रोड्रीले खेलको ६८ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

यस्तै पेप ग्वार्डीओलाको नेतृत्वमा रहेको सिटीले एकै सिजन तीनवटा उपाधि हात पारेको छ ।

यसअघि सिटीले प्रिमियर लिग र एफए कपको उपाधि पनि जितेको थियो ।

सिटी ट्रेबल उपाधि जित्ने दोस्रो प्रिमियर लिग क्लब हो ।

यस अघि म्यानचेस्टर युनाईटेडले यो उपलब्धि हासिल गरिसकेको छ ।

योसंगै ग्वार्डीओला तीन च्याम्पियन्स लिग जित्ने तेस्रो प्रशिक्षक समेत बनेका छन् ।

यस अघि कार्लो एन्सोलोटी र जिनेदान जिदानले तीन च्याम्पियन्स लिग जिताएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया