लाओसलाई हराउँदै नेपालले जित्यो थ्री नेसन कपको उपाधि

news-details

नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शुक्रबार दशरथ रंगशालामा भएको फाइनल खेलमा लाओसलाई २-१ ले हराउदै नेपालले उपाधी जितेको हो ।

खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले निर्णायक गोल गरेका थिए । खेल १-१ गोलको स्थितिमा रहेको बेला ८७ औं मिनेटमा डाँगीले सुन्दर गोल गरेका थिए ।

यसअघि १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको थियो ।

नेपालका लागि खेलको २४ औं मिनेटमा आयुश घलानको बराबरी गोल फर्काएका थिए ।

भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए ।

नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेताले २ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया