थ्री नेसन्स कपः आज नेपाल र भुटान भिड्दै

news-details

नेपालमा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत आज मंगलबार घरेलु टोली नेपाल र भुटान भिड्दैछन् ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिता अन्तर्गत नेपाल र भुटान दुबैको यो दोस्रो खेल हो । यसअघि नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको थियो भने भुटान लाओससँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

आज हुने खेलले उपाधिका लागि भिड्ने दुई टोलीको टुंगो लाग्ने छ । आजको खेलमा नेपालले भुटानलाई पराजित गरे सिधैं फाइनलमा स्थान बनाउनेछ ।

प्रतियोगितामा एक खेल खेल्दै नेपाल तीन अंकसहित शीर्ष स्थानमा रहेको छ भने लाओस दुई खेल खेल्दै तीन अंकसहित दोस्रो स्थानमा रहँदा एक खेल खेलेको भुटानले अंक जोड्न सकेको छैन् ।

फिफा विन्डो अन्तर्गत सिंगल राउण्ड रोबिनको आधारमा भइरहेको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछ ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३ हजार डलर प्राप्त गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया