प्रधानमन्त्री थ्री नेसन्स कप : लाओसलाई २-० ले हराउँदै नेपालको विजयी सुरुवात
- चैत्र ८, २०७९
- 0
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको लाओसविरूद्धको खेलमा नेपालले जित हासिल गरेको छ।
दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओसलाई २-० ले पराजित गरेको हो।
खेलको ३२ औं मिनेटमा हेडिङमार्फत् अनन्त तामाङले गोल गरे भने दोस्रो हाफ सुरू भएसँगै ५५ औं मिनेटमा नवयुग श्रेष्ठले अर्को गोल गरेका थिए।
नेपालले चैत १४ मा भुटानसँग खेल्नेछ। त्यसअघि माघ ११ मा लाओस र भुटानबीच खेल हुनेछ।
समूह चरणका सबै खेल साँझ ६ बजे सुरू हुनेछन्। फाइनल चैत १७ मा साँझ ५:३० बजे हुनेछ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










