ज्ञानेन्द्र र आशिफको कीर्तिमानी साझेदारीमा नेपालले नामिबियालाई हरायो, तिन खेलाडीको अर्धशतक
- फाल्गुन ६, २०७९
- 0
आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गतको खेलमा शनिबार नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले १५ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्यो ।
योसँगै कीर्तिपुर मैदानमा भएको लिग टु अन्तर्गतको आफ्नो तीनवटै खेल नेपालले जितेको छ ।
शनिबारको खेलमा नेपाललाई जिताउन ब्याटिङतर्फ आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ र रोहित पौडेलले ३९ रन बनाए । शनिबारको खेलमा नेपालका आशिफ शेख र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि गरेको १३९ रनको साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो साझेदारी हो ।
खेलमा ओपनर कुशल मल्ल १ रनमा आउट भएका थिए भने दीपेन्द्रसिंह ऐरीले पनि १ रन मात्र जोड्न सके। यस्तै सन्दीप जोराले ३ रन मात्र जोड्न सके भने विजयी चौका हिर्काएका सोमपाल कामीले नटआउट ८ रन जोडे।
बलिङमा नामिबियाका ट्रम्पलम्यानले ३ विकेट लिए भने बेर्नाल्ड स्कोल्ट्जले २ विकेट हात पारे।
त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेटको क्षतिमा २७४ रन जोड्यो।
नामिबियाका लागि जेन ग्रिनले नटआउट ७५ रन, ये फ्रान्सले ४९ रन, ओपनर लो लाउरेन्सले ४१ रन जोडे ।
बलिङमा नेपालका सन्दीप लामिछानले ३ विकेट लिए भने करण केसीले १ विकेट हात पारे।
सिरिजमा नेपालले मंगलबार अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्नेछ।













