कुशल भुर्तेलको शतकीय पारीसँगै नामिबियामाथि नेपालको सानदार जित

news-details

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरूद्ध सानदार जित निकालेको छ।

नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर ४७.३ ओभरमा पुरा गर्‍यो। नेपालको जितमा कुशल भुर्तेलले सतकीय पारी खेले । ११२ बल खेलेका उनले ४ छक्का र १० चौकासहित ११५ रन बनाए ।

यस्तै कप्तान रोहित पौडलले ७२ रन बनाएर आउट भए । उनले भुर्तेलसँग १३३ रनको कीर्तिमानी सतकीय साझेदारी गरे। तेस्रो विकेटका लागि रोहित र कुशलले गरेको यो साझेदारी ओडिआईमा नेपाली ब्याटरले गरेको कुनै पनि विकेटका लागि उच्च साझेदारी हो।

यसअघि नेपालबाट ओडिआईमा सर्वाधिक ठूलो साझेदारी २०२२ मार्चमा दीपेन्द्रसिंह ऐरी र देव खनालले पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागि नै १ सय २९ रनको साझेदारी साझेदारी गरेका थिए।

दोस्रो ओभरमै ओपनर आसिफ शेखलाई गुमाएको नेपालले ज्ञानेन्द्र मल्ललाई २५ रनमा गुमाएको थियो । सन्दिप जोराले २८ रन बनाउँदा करण केसीले १२ बलमा नटआउट २० रन बनाए।

नामिबियाका लागि रुबेन ट्रम्पलमेन र जान निकोल लोफ्टी एटोनले ३-३ विकेट लिए । बर्नानर्ड स्कोल्ट्ज र तांगेनी लुंगामेनीले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै नामिबियालाई ब्याटिङको निम्तो दिएको थियो । जहाँ भान लिगेनले १३३ रन बनाएपछि नामिबियाले ५० ओभरमा सबै १० विकेट गुमाएर २८५ रन बनाएको हो ।

कप्तान जेर्हार्ड एरासमसले अर्धशतक प्रहार गरे । लिग टु अन्तर्गत पछिल्लो पटक डिसेम्बरमा नामिबियामै भएको खेलमा पनि भान लिगेनले शतक र एरासमसले अर्धशतक प्रहार गरेका थिए । बलिङतर्फ नेपालका लागि करण केसीले ५ विकेट लिए । यस्तै सन्दीप लामिछानेले ३ र सोमपाल कामीले र कुशल मल्लले १-१ विकेट लिए ।

नेपालले ओडीआईमा बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर समेत हो ।

नेपालले यसअघि २०१९ मा युएई विरुद्ध २५५ रनको लक्ष्य पुरा गर्दै जित निकालेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया