आहा–रारा गोल्डकपको उपाधि सङ्कटालाई
- पुस २३, २०७९
- 0
२२औँ संस्करणको आहा–रारा गोल्डकप फुटबलको उपाधि काठमाडौंको सङ्कटा क्लबले जितेको छ । पोखरा रङ्गशालामा शनिबार भएको फाइनल खेलमा सङ्कटाले भुटानी यूथ स्पोर्टस् क्लब, अमेरिकालाई अतिरिक्त समयमा ३–२ गोलले हरायो ।
निर्धारित ९० मिनेट २–२ गोलको बराबरीमा सकिएको खेलमा अतिरिक्त समयमा सङ्कटाले बाजी मारेको थियो । अतिरिक्त समयमा सङ्कटाका कप्तान सुनिल बलले निर्णायक गोल गरे । यसअघि सङ्कटाका लागि सुरज ठकुरीले आठौँ र मेसुके ओलुमोउले ३५औँ मिनेटमा गोल गरेका थिए ।
भुटानी क्लबका लागि रेने सान्टिलोनले ३७औँ र विलिस ग्रिफिथले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर अतिरिक्त समयको अन्तिममा सम्हालिन नसकेपछि भुटानी क्लब हार खेप्न बाध्य बन्यो ।
उपाधिसँगै सङ्कटाले १२ लाख रुपियाँ पुरस्कार पायो । उपविजेताले भुटानी क्लबले ६ लाख रुपियाँ पायो । सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा १० टोलीले भाग लिएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










