फिफा विश्वकप २०२२ को फाइनल खेल आज, उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै

news-details

कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा आज फ्रान्स र अर्जेन्टिना उपाधिका लागि भिड्दैछन् । गत बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको हो ।

साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।

फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल लुसिल स्टेडियममा नेपाली समयअनुसार आज राति ८:४५ बजे सुरु हुनेछ । हालसम्म फ्रान्स र अर्जेन्टिनाले समान दुई-दुई पटक विश्वकपको उपाधि हात पारिसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया