नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना, आर्मी क्लबका खेलाडी थापाको मृत्यु
- अशोज ३०, २०७९
- 0
नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलकै क्रममा मृत्यु भएको छ। त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।
प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ अन्तर्गत टेक अफको क्रममा खस्दा थापाको मृत्यु भएको तिवारीले थाहाखबरलाई बताए।
प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सराङकोटस्थित जमिनमा खस्दा खेलाडीको मृत्यु भएको हो। सराङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका थापालाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले आइतबार दिउँसो १२स४५ मा मृत घोषित गरेका हुन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










