साफ महिला च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै
- अशोज ३, २०७९
- 0
साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज (सोमबार) नेपाल र बंगलादेश भिड्ने भएका छन् ।
खेल साँझ ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने भएको हो । महिला साफ फुटबल सुरु भए यता प्रतियोगिताले नयाँ च्याम्पियन पाउँने भएका छन् । यसअघि हरेक संस्करणको उपाधि भारतले जितेको थियो ।
तर यसपटक भने भारत सेमिफाइनलमा नेपालसँग १–० ले पराजित भएपछि नयाँ च्याम्पियन आउने बाटो खुलेको हो । भारतलाई पराजित गर्दै फाइनलमा पुगेको नेपाल सोमबार उपाधि जित्दै नयाँ इतिहास रच्ने अभियानमा रहेको छ । सेमिफाइनलमा भुटानलाई पाखा लगाएको बंगलादेशले पनि समूह चरणमा भारतलाई पराजित गरेको थियो ।
सोमबारको फाइनल खेलमा पनि बंगलादेश आफ्नो उत्कृष्ट लय जारी राख्दै उपाधि जित्न चाहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










