सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी
कानुनी उपचारमा सहयोग गर्न क्यानसँग लामिछानेको अपिल
- भदौ २३, २०७९
- 0
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउको अनुमति दिएको हो ।
एक नाबालिकाले बलात्कारको आरोप लगाएपछि प्रहरीले सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गर्न अदालतलाई निवेदन दिएको थियो । १७ वर्षीया नाबालिकाले मंगलबार सन्दीपविरुद्ध महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । सन्दीप हाल विदेशमा छन् ।
पक्राउ पूर्जी जारी भएसँगै प्रहरीलाई अब सन्दीपलाई भेटेलगत्तै नियन्त्रणमा लिएर अनुसन्धान सुरू गर्ने बाटो खुलेको छ ।
कानुनी उपचारमा सहयोग गर्न क्यानसँग सन्दीपको अपिल
यसैबीच राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट सङ्घ ९क्यान० सँग कानुनी उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन ।
क्यानसँगको फोन वार्तामा लामिछानेले आफूले जबरजस्ती करणी नगरेको दाबी गर्दै कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको क्यानका सचिव प्रशान्त मल्लले जानकारी दिए।
उनले क्रिकेटर लामिछाने प्रिमियर लिगका खेल सकिएपछि स्वदेश फर्किने बताएको मल्लको भनाइ छ। फोन वार्तामा क्रिकेटर लामिछानेले कानुनी उपचारमा ुप्रोफाइलिस्ट लयरु खोजिदिन आग्रह गरेको बताए।
उनले यस बारेमा आईसीसीले पनि चासो दिएको उल्लेख गरे । आईसीसीलाई यस बारेमा जानकारी गराएको र आईसीसी गम्भीर रहेको उनको भनाइ छ। उनले नेपाल प्रहरीले क्रिकेटरले जबरजस्ती करणी गरेको बारेमा क्यानसँग अहिलेसम्म कुनै सहयोग नमागेकोसमेत बताएकाक छन । गलत काम गरेको खण्डमा क्यानले गलत कामको समर्थन नगर्ने उनको भनाइ छ ।













