अष्ट्रेलिया विश्वकप फुटबलमा छनोट

news-details

पेरुलाई पराजित गर्दै एसियाली मुलुक अष्ट्रेलिया विश्वकप २०२२ मा छनोट भएको छ ।

अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी शुटआउटमा अष्ट्रेलियाले ५-४ गोलअन्तरमा खेल जितेको हो ।

सोमबार राति भएको खेलमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । जहाँ एसियाली पावर हाउस अष्ट्रेलियाले अन्तरमहादेशिय छनोटमा पेरुलाई पराजित गरेको हो । पेनाल्टी समेत ४–४ को बराबरी भएपछि खेलको नतिजा सडन डेथमा भएको थियो ।

जहाँ अष्ट्रेलियाका भेट्रान गोलरक्षक आन्द्रे रेडमायने नायक बने । ३३ वर्षिय खेलाडीले पेरुका एलेक्स भालेराको पेनाल्टी बचाए ।

यससँगै एसियाबाट जापान, साउदी अरविया, दक्षिण कोरिया, इरान, अष्ट्रेलिया र कतार गरि ६ टिमले विश्वकपमा सहभागीता जनाउने भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया