च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडले जित्यो
- जेष्ठ १५, २०७९
- 0
एजेन्सी/ च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडले जितेको छ। गएराति राति सम्पन्न खेलमा रियल मड्रिडले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको हो।
पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको खेलमा रियल मड्रिडका लागि खेलको ५९औं मिनेटमा भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो।
खेलमा लिभरपुलले गरेको लगातार ९ प्रहारलाई रियल मड्रिडका गोलकिपर टिबाउट कोर्टोइसले बचाएका थिए।
मड्रिडले यो सहित १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। पछिल्लो पटक २०१८ मा लिभरपुललाई नै हराएर च्याम्पियन्स लिगको उपाधि जितेको थियो। यो सिजनमा पनि लिभरपुललाई नै पराजित गरेर च्याम्पियन बन्यो।
त्यस्तै २०१९ को च्याम्पियन लिभरपुल भने यस पटक उपविजेतामा चित्त बुझायो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










