राखेपाका तत्कालीन सदस्य सचिव सिलवालको रिट सर्वोच्चद्वारा खारेज
- चैत्र २२, २०७८
- 0
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्तकालीन सदस्य सचिव रमेश सिलवालले आफूलाई बर्खास्त गरिएको विरूध्द दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
मंगलबार न्यायाधीद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको हो ।
राष्ट्रिय खेलकुद परिषदबाट आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध गत मङ्सिर २१ गते सिलवालले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । गत कात्तिक १ गते बसेको मन्त्रिपरिषको बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
सिलवाल २०७६ असार २३ गते पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए । राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवालाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साउन १२ गते पुनः नियुक्त गरेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










