मलेसियाविरुद्ध नेपाल ६ विकेटले विजयी
- चैत्र १६, २०७८
- 0
त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो।
मलेसियाले दिएको १ सय १५ रनको सामान्य लक्ष्य नेपालले १३ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका आसिफ शेखले ५७ रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ७ चौका र एक छक्का प्रहार गरे।
दीपेन्द्रसिंह ऐरी २१, रोहित पौडेल १२ र कुशल भुर्तेल एक रनमा आउट हुँदा दिलिप नाथ १५ र कुशल मल्ल २ रनमा अविजित रहे।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १४ रन बनाएको हो । उसका लागि जुबाईदी जुल्किफलले सर्वाधिक ३२, कप्तान अहमद फैजले सर्वाधिक २४, मुहम्मद अमिरले १६ र सायद अजिजले १४ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।
नेपालका करण केसी र सन्दीप लामिछानेले समान २र२, अविनशा बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिए। पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको थियो ।
नेपालले मलेसियाविरुद्ध अर्को खेल आगामी शनिबार खेल्नेछ।













