रोहितको कीर्तिमानी शतकका बाबजुद पनि नेपाल पीएनजीसँग ६ रनले पराजित

news-details

नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले कीर्तिमानी शतक प्रहार गरेको खेलमा नेपाल पराजित भएको छ।

शुक्रबार कीर्तिपुर क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा रोहितले कीर्तिमानी शतक प्रहार गरेका हुन । यो नेपालका लागि दोस्रो एकदिवसीय शतक हो ।

पीएनजी विरुद्धको खेलमा पौडेलले १०७ बल खेल्दा ७ चौका र ४ छक्काको मद्दतमा १२६ रन बनाए । नेपालका लागि एकदिवसीय खेलको पहिलो कीर्तिमानी शतक पारस खड्काको नाममा छ ।

रोहितले कीर्तिमानी शतक प्रहार गरेको खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको छ । पाहुना टोली पपुवा न्युगिनीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपाल २८६ रनमा समेटियो । पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा नेपालले २८६ रन बनाएको हो ।

एकदिवसीय खेलमा पौडेल सर्वाधिक रन बनाउने तथा पाँच सय रन पूरा गर्ने पहिलो खेलाडीसमेत बनेका छन । नेपालका लागि आरिफ शेख ३४, कुशल भुर्तेल ३२, सोमपाल कामी र कमलसिंह ऐरीले १८–१८, भीम सार्कीले १७ र दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।

पपुवा न्युगिनीका नोरमान भानुले ३, असाद भाला र चाल्र्स अमिनीले २–२ र नोसैना पोकनाले एक विकेट लिए ।

त्रिवि मैदानमा पीएनजीका चाल्स अमिनीले ७७ रन बनाउँदा कप्तान असद भालाले ६० रन बनाए । पीएनजीका लागि नोरमान भानुअले ४७, टोनी उराले ३८, रिले हेकुरेले ३१ रन र जासन किलले १३ रन जोडे ।

शुक्रबारको खेलमा बलिङमा कमजोर देखिएको नेपालका लागि कमल ऐरी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले समान दुई-दुई विकेट लिए । कप्तान सन्दीप लामिछाने र आरिफ शेखले भने एक-एक विकेट लिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया