विश्वकप लिग-२ : नेपालले पपुवा न्युगिनीलाई सात विकेटले हरायो

news-details

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)माथि नेपाल विजयी भएको छ। मंगलबार यूएईमा भएको खेलमा नेपालले पीएनजीमाथि सात विकेटको जित निकालेको हो।

पीएनजीले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा तीन विकेट गुमाएर भेट्टाएको हो ।

नेपालको जितमा आरिफ शेखले ५९ रनको अर्धशतकीय योगदान गरे भने रोहित पौडेलले ४४ रन बनाए ।

पीएनजीका चाल्र्स अमिनीले दुई र काबुआ मोरले एक विकेट लिए ।

यसअघि पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । उसका लागि असद भालाले सर्वाधिक ४५ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले दुई–दुई विकेट लिएका थिए । दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी र पवन सर्राफले नेपालका लागि समान एक–एक विकेट लिए।

नेपालले सिरिजको पहिलो खेलमा पीएनजीलाई दुई विकेटले हराएको थियो। दोस्रो खेलमा यूएईसँग ४८ र तेस्रो खेलमा यूएईसँगै ९९ रनले पराजित भएको नेपालले मङ्गलबार चौंथो खेलमा सात विकेटको जित दर्ता गरेको हो।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया