चार देशीय टी-२० सिरिज : नेपाल आयरल्यान्डसँग १६ रनले पराजित
- फाल्गुन २, २०७८
- 0
चार देशीय टी-२० सिरिजको अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको छ। १२८ रनको विजय लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरको खेलमा ९ विकेटको क्षतिमा १११ रनमात्र बनाउन सक्यो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २८ रन बनाए। त्यस्तै कुशल भुर्भेतलले १५, आसिफ शेखले २३ र कमल ऐरीले १३ रन बनाए। आयरल्यान्डलाई जित दिलाउन मार्क अदैर, सिमी सिंह बेरी म्याकर्थी एन्डी म्यक्ब्रिनले दुई-दुई विकेट लिए।
यसअघि आयरल्यान्डले निर्धारित ओभरको खेलमा सबै विकेटको क्षतिमा १२७ रन बनाएको थियो । आयरल्यान्डलाई १२७ रनमा समेट्न नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिएका थिए। त्यस्तै अविनाश बोहोराले दुई र कमल ऐरी, जितेन्द्र मुखिया र सन्दीप लामिछानेले एक(एक विकेट लिए ।
चार देशीय टी-२० सिरिजमा नेपालले ओमानविरुद्ध विजय हासिल गर्यो भने युएई र आयरल्यान्डसँग पराजित भयो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










