मरिसस विरुद्धको खेलमा नेपाल बिजयी, ११ वर्षपछि मैत्रीपूर्ण खेलमा निकाल्यो जित

news-details

अफ्रिकी राष्ट्र मरिसस विरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बिजयी भएको छ ।

शनिबार दशरथ रंगशालामा भएको खेलमा विमल घर्तीमगरको १ मात्र गोलको मद्यतले नेपालले मरिससलाई १-० ले पराजित गरेको हो ।

सुमन लामाले दिएको पासमा विमलले ५५ मिनेटमा गोल गरेका हुन् । २६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गरेका हुन् ।

योसँगै ११ वर्षयता अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितको नतिजा निकाल्न नसकेको नेपालले उक्त खडेरी तोडेको छ । नेपालले सन् २०११ देखि कुनै पनि मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न सकेको थिएन् ।

हाल फिफा वरीयताको १६९औं स्थानमा रहेको नेपालले मरिसससँग पहिलो पटक खेलेको हो । फिफा वरीयताको १७२ औं स्थानमा रहेकाले मरिससविरूद्ध नेपालले मंगलबार दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया