सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आजदेखि सातौं चरणका खेलहरु सुरु
- पुस १६, २०७८
- 0
सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आजदेखि सातौं चरणका खेलहरु सुरु हुँदैछन् ।
दुई विभागीय टोली सशत्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो १ बजे खेल हुनेछ भने फ्रेन्ड्स क्लब र न्युरोड टिम एनआरटीबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछन् ।
११ औं स्थानमा रहेको एपीएफलाई रेलिगेसनको डर अझै रहेको छ । त्यसैले आर्मीलाई हराउँदै एपीएफ अंक तालिका सुधार गर्न चाहन्छ । तर, बलियो आर्मीविरुद्ध एपीएफलाई जित निकाल्न कठिन हुनेछ ।
चौंथो स्थानमा रहेको आर्मी एपीएफलाई हराएर शीर्ष तीन भित्र उक्लने दाउमा रहेको छ ।
पुछारमा रहेको फ्रेन्ड्स जारी लिगमा जित निकाल्न नसक्ने एक्लो टिम हो । तर, आज एनआरटीलाई हराएर फ्रेन्ड्स पहिलो जित निकाल्न चाहन्छ ।
यसैगरी, आठौं स्थानमा रहेको एनआरटी फ्रेन्ड्सलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










