क्रिकेट टीमका मुख्य प्रशिक्षक वाटमोरले दिए राजीनामा
- भदौ ११, २०७८
- 0
नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका छन् ।
वाटमोरले व्यक्तिगत कारणलाई देखाउँदै राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । ओमान भ्रमणपछि लागू हुनेगरी प्रशिक्षक वाटमोरले राजीनामा दिएको क्याले आफ्नो फेसबुकमा उल्लेख गरेको छ ।
वाटमोरले २०२१ को सुरुवातमा एक वर्षका लागि राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकको रुपमा रहने सम्झौता गरेका थिए ।
नेपाली क्रिकेट टीम अहिले क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजका लागि ओमान गएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










