सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै बिग बास लिग खेल्ने
- भदौ १०, २०७८
- 0
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग खेल्ने भएका छन् ।
अष्ट्रेलियन फ्रेन्चाईज टिम होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरिएको जनाएको छ। होबार्टले पहिलो अन्तराष्ट्रिय खेलाडीको रुपमा सन्दीपलाई टिममा अनुबन्ध गरिएको जनाएको छ। सन्दीपले अघिल्लो सिजन होबार्टबाटै खेलेका थिए।
सन्दीपले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए। त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए। सन्दीप बिग बास लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










