ईपीएल खेल्न नेपाल आउँदै विश्वचर्चित क्रिकेटर शाहिद आफ्रिदी
- साउन १२, २०७८
- 0
पाकिस्तानी क्रिकेट टीमका पूर्व कप्तान तथा विश्वचर्चित क्रिकेटर शाहिद आफ्रिदीले एभेरष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।
उनले काठमाडौं किंग्स-११ बाट ईपीएल खेल्ने भएका हुन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौं ११ ले आफ्रिदीलाई आईकोनिक प्लेअरको रुपमा ल्याएको हो ।
भेट्रान अलराउण्डर क्रिकेटर आफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ ओडिआई र ९९ टी-२० आई खेलिसकेका छन् । उनले तीन फर्म्याटमा गरी ११ हजारभन्दा बढी रन बनाएका थिए ।
चौथो संस्करणको ईपीएल आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म हुने हुनेछ । यो संस्करणमा काठमाडौंसहित ६ फ्रेन्चाइज टिमले खेल्नेछन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










