युरोकप : नकआउट समिकरण पुरा, अब यी टिमबीच हुने छ भिडन्त !
- असार १०, २०७८
- 0
एजेन्सी / विहीबार मध्यराति समूह चरणका खेलहरु सकिएसँगै युरोकपको नकआउट समिकरण पुरा भएको छ । अबको खेल नकआउट चरणमा प्रवेश गरेको छ र यो चरणमा १६ टिमले खेल्नेछन् ।
नकआउट चरणमा छानिएका १६ वटा टिममा वेल्स, डेनमार्क, इटली, अष्ट्रिया, नेदरल्याण्डस, चेक रिपब्लिक, बेल्जियम, पोर्चुगल, क्रोएसिया, स्पेन, फ्रान्स, स्वीटजरल्याण्ड, इङ्ल्याण्ड, जर्मनी, स्वीडेन र युक्रेन छन् ।
अब नकआउट चरणको खेल असार १२ गते शनिबारदेखि हुनेछ । युरो कपको फाइनल खेल जुलाई १२ अर्थात असार २८ गते लण्डनको बिम्बली रंगशालामा हुनेछ ।
यस्तो छ नकआउट चरणको समिकरण
वेल्स भर्सेल डेनमार्क – असार १२ गते
इटली भर्सेस अष्ट्रिया – असार १२ गते
नेदरल्याण्ड्स भर्सेस चेक रिपब्लिक – असार १३ गते
बेल्जियम भर्सेस पोर्चुगल असार – १३ गते
क्रोएसिया भर्सेस स्पेन – असार १४ गते
फ्रान्स भर्सेस स्विट्जरल्याण्ड – असार १४ गते
इंग्ल्याण्ड भर्सेस जर्मनी – असार १५ गते
स्वीडेन भर्सेस युक्रेन – असार १५ गते













