युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीलाई
- जेष्ठ १६, २०७८
- 0
एजेन्सी । यस वर्षको युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ ।
पोर्चुगलमा गएराति भएको फाइनल खेलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो ।
खेलमा चेल्सीलाई विजयी गराउन जर्मन खेलाडी काइ हाभर्ट्जले निर्णायक गोल गरे ।
खेलको ४३ औं मिनेटमा मेसन माउण्टको पासमा हाभर्ट्जले गोल गरेका हुन् ।
चेल्सीले च्याम्पियन्स लिगको उपाधि जितेको यो दोस्रो पटक हो । यस अघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो । पहिलो पटक फाईनलमा पुगेको सिटी भने उपाधि जित्न असमर्थ रह्यो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










