प्रधानमन्त्री कप क्रिकेटको प्रत्यक्ष प्रसारण डिश होमबाट
- पुस १०, २०७७
- 0
प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिश होमले गर्ने भएको छ ।
क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) संगको एक सम्झौता पछि डिश होमले खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको क्यानले जनाएको छ ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले डिशहोमको च्यानल एक्शन स्पोर्ट्स एचडिबाट प्रतियोगिता अवधिभरको सबै खेल प्रसारण गर्ने सम्झौता भएको बताउनु भयो । खेल प्रत्यक्षक प्रसारण गर्न तोकिएको सम्झौता रकम भने उल्लेख गर्न नमिल्ने उहाँले बताउनु भयो ।
महिला टोलीको खेल भोलि बिहान ९ बजेदेखि दाङ्गको लमहीमा आयोजना हुदै छ । २ समुहमा खेल टोलि विभाजन गरिएको प्रतियोगिता पौष १९ गते सम्म हुने अध्यक्ष चन्दले बताउनु भयो ।
प्रतियोगितामा समूह ‘ए’ मा एपीएफ,प्रदेश २ ,कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् भने समुह ‘बी’ मा सुदुर पश्चिम प्रदेश ,बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ रहेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










