युएईमा हुने टी-१० लिगमा करण, सोमपाल र कुशलले खेल्ने
- पुस ९, २०७७
- 0
नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले आगामी संस्करणको टी-१० लिग क्रिकेट खेल्ने भएका छन् ।
करण केसी, सोमपाल कामी र युवा ब्याट्सम्यान कुशल मल्ललाई तीन फरक टोलीले ड्राफ्टबाट अनुबन्ध गरेका हुन् ।
करणलाई पुणे डेभिल्सले टोलीमा अनुबन्ध गरेको हो भने सोमपाललाई टिम अबुधाबी तथा कुशललाई मराठा अरेबियन्सले अनुबन्ध गरेका हुन् ।
तीनैजना खेलाडीको यो पहिलो विदेशी लिगमा अनुबन्ध हो । विदेशी लिगमा अनुबन्धित हुने उनीहरु तेस्रो, चौथो र पाँचौ खेलाडी हुन् । यसअघि सन्दीप लामिछानेले विभिन्न विदेशी लिगहरु खेलिसकेका छन् भने पूर्वकप्तान पारस खड्काले अघिल्लो संस्करणको टी-१० लिग खेलेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










